थप ८ जनामा कोरोना संक्रमण हुँदा १५ संक्रमित निको भए
मकालु खबर
२०७९ जेठ १४ गते
काठमाडौँ । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार १ सय १९ पिसिआर परिक्षणका क्रममा ५ जना र ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५२ जना निको भएका छन् ।
हाल नेपालमा १ सय १४ सकि्रय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७९ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित