एक वर्षमा झण्डै ११ प्रतिशतले बढ्यो नेपालीको आम्दानी, अब प्रतिव्यक्ति आय १३८१ डलर
मकालु खबर
२०७९ जेठ १४ गते
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय गतवर्षभन्दा १०.८ प्रतिशतले बढेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।
योसँगै अब नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ ।
यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।
मकालु खबर
२०७९ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित