जहाज सम्पर्कविहीन : अन्तिम पटक जहाज देखिएको ठाउँमा पुग्न १० घण्टा लाग्ने, हेलिकोप्टर जान मौसमले साथ दिएन
मकालु खबर
२०७९ जेठ १५ गते
काठमाडौँ । पोखराबाट मुस्ताङको लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि हाल खोजी कार्य सुरु गरिएको छ ।
उक्त जहाज मुस्ताङको घाँसा र लेते आसपासको आकाशमा स्थानीयले अन्तिम पटक देखेको बताएपछि सोही स्थानको हिमाली क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी अर्जुन शर्माले मकालु खबरलाई बताए ।
उनका अनुसार उक्त स्थानमा हेलिकोप्टर लैजान समेत खराब मौसमका कारण सकिएको छैन । स्थानीयले बताएअनुसारको दुर्घटना स्थलमा पुग्न हिँडेर झण्डै १० घण्टा लाग्न सक्ने उनले बताए ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित