हराएको जहाजका पाइलटको मोबाइलमा फोनको घण्टी गइरहेकाे छ : प्रवक्ता कर्ण

काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेर हराइरहेको तारा एयरको जहाजका पाइलटको मोबाइलमा फोनको घण्टी गइरहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले पुष्टि गरेका छन् ।

‘पाइलटको मोबाइलमा फोनको घण्टी गइरहेको छ,’ उनले मकालु खबरसँग भने, ‘त्यसैका आधारमा खोजी कार्य जारी गरिएको छ ।’

सेनाको हेलिकोप्टरले लेते क्षत्रेको सम्भावित दुर्घटना स्थलको पहाडमा झण्डै १५ हजार फिट माथिबाट उडान गरिरहेका उनले बताए । तर, तल बाक्लो बादल र हुस्सुका कारण हालसम्म जहाज देख्न नसकिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *