गेटा मेडिकल कजेजलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन गरिने

धनगढी । कैलालीको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन गर्ने उल्लेख गरेका हुन् ।

मेडिकल कलेज सेती र महाकाली अस्पतालको सहकार्यमा सञ्चालन गरिने भनिएको छ । गेटा मेडिकल कलेजमा पूर्वाधार विकासको काम ९० प्रतिशत सकिएको छ। सञ्चालनका लागि ढिलाई भएको भन्दै अहिले कैलालीमा चरणवद्ध आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *