सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

काठमाडौँ । सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै कृषि क्षेत्रबारे प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक पढेका एक–एक जना जनशक्ति उपलब्ध गराउने तथा प्रत्येक वडामा कृषि प्राविधिक उपलब्ध गराउने बताए ।

कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा आत्मानिर्भरताका लागि कृषि उत्पादनको कार्यक्रमलाई उच्च प्राथमिकता दिएको शर्माले बताए ।

यस्तै कृषि उत्पादनदेखि बजारीकरण गर्न श्रम सहकारीमा आवद्ध गरी कम्तीमा ३०० कृषि स्वयंसेवक तयार गर्ने जनाएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बाँझो जग्गालाई कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने, कृषिको रुपान्तरण अभियानमा उत्कृष्ट हासिल गर्ने प्रत्येक प्रदेशका तीन स्थानीय तहलाई रु पाँच करोड नगद प्रोत्साहन अनुदान उपलब्ध गराउने अर्थमन्त्री शर्माले बताए ।

सरकारले आर्थिक वर्ष २०७९-८० मा कृृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि रु १० अर्ब विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *