काठमाडौँ–चितवन एक घण्टामा यात्रा गर्न सकिने बनाइने
मकालु खबर
२०७९ जेठ १५ गते
चितवन । सरकारले काठमाडौँ–चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी द्रुतमार्ग बनाउने घोषणा गरेको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले चितवनलाई केन्द्रमा राखेर द्रुतमार्ग निर्माण गरिने बताए ।
अर्थमन्त्री शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्गको घोषणा गरेका थिए ।
चितवनलाई केन्द्रविन्दु बनाएर बुटवल र पोखरा दु्रतमार्गको लागि प्रक्रिया अघि बढाइने अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित