संघीय बजेटमा प्रदेश १ : सुनसरी केन्द्रित, प्राथमिकतामा परेन प्रदेश

विराटनगर । प्रदेश १ मा संघीय सरकारको प्राथमिकता कम परेको छ। अरु जिल्लामा शिक्षा, स्वास्थ्य, भौतिक पुर्बाधारमा नाम किटान गरेर आएको भएपनि प्रदेश १ मा न्युन मात्र बजेट तोकेर सार्बजनिक भएको छ। संघीय सरकारले आईतबार सार्बजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा प्रदेश १ लाई कम प्राथमिकतामा राखिएको देखिएको हो । बजेट बक्तब्यमा अघिल्लो आर्थिक बर्षमा नै चारलेन बनाउने भनिएको मिर्चैया–लुक्ला–सगरमाथा सडकलाई द्रुत मार्ग निर्माण गर्ने बजेटमा भनिएको छ। रानी–बिराटनगर धरान सडक विस्तार र स्तारोन्नती आगामी आर्थिक बर्ष भित्र पुरा हुने उल्लेख छ ।

चतरा–मुलघाट सडक निर्माण, केचना–कन्चनजंघा सडक निर्माण योजनालाई अघि बढाउने उल्लेख छ।

बजेटले विराटनगर–धरान ट्राम यातायातको सम्भाब्यता अध्ययन गर्ने भनेको छ। दमकमा औद्योगिक क्षेत्र निर्माणमा बजेट बिनियोजन गरिएको छ भने सुनसरीमा बिशेष आर्थिक क्षेत्र निर्माणको काम थालिने भनिएको छ। भारतको सिलगढीदेखि झापाको चारखालीसम्म ईन्धनको पाईपलाईन निर्माणको कामलाइ तिब्रता दिईने बजेट बक्तब्यमा भनिएको छ। चतरादेखि सगरमाथा द्रुत मार्ग निर्माण गरि २ घण्टामा सगरमाथा पुग्ने ब्यवस्था मिलाउने,उदयपुर बिमानस्थलको निर्माणको कामलाई तिब्रता दिईने पनि बजेटमा भनिएको छ।

सुनसरी र त्रियुगा नदी नियन्त्रण थेग्रान ब्यवस्थापन र तटबन्ध निर्माण गर्ने, सप्तकोशीमा हुने बाढीको मापन गर्न उदयपुरमा मौसमी राडर केन्द्र स्थापना र ब्यवस्थित गर्ने, पुर्ब सुचना प्रणालीको विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको छ। ईन्टरनेटको लागि धरानमा डाटा सेन्टर स्थापना गर्न सम्भाब्यता अध्ययन गर्ने भनिएको छ।

ब्यवस्थित दुई हिमाली सहर

प्रदेश १ को ओलाङचुङ्गोला र किमाथाङ्कालाई ब्यवस्थित हिमाली सहरको रुपमा विकास गरिने गरि बजेटमा ब्यवस्था गरिएको उल्लेख छ । यी दुबै ठाउँमा अहिलेसम्म सडक सञ्जाल पुग्न सकेको छैन । सिमा क्षेत्र सहरी क्षेत्र विकास कार्यक्रम संचालन गर्नको धेरै ठाउँ मध्ये प्रदेश १को पुर्बाधार विकास गर्न सन्दकपुरलाई छानिएको छ । विराटनगरको केशलीया, सिँगिया खोलालाई सहरी नदीको रुपमा विकास गरि तटबन्ध निर्माण गर्ने बजेटमा उल्लेख छ ।

हिमपात बिष्फोट नियन्त्रण गर्न संखुवासभाको १, सोलुखुम्बुको २ र मनाङको हिमतालको पानीको सतह घटाउने र तल्ला क्षेत्रमा पानीको सतह मापन यन्त्र संचालनमा ल्याईने बजेटमा भनिएको छ। हिम नियन्त्रण प्रणालीको निरन्तर अनुगमन गर्न ९ वटा हिम केन्द्रहरुलाई पुर्ण स्वचालित प्रणालीबाट रियल टाईम प्रणालीमा विकास गरिने उल्लेख छ।

बन्द रहेको बिराटनगर जुट मिललाई पुन संचालनको लागि ल्याउने भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *