राष्ट्रपति भण्डारीद्वारा काँक्रेविहारको भ्रमण (तस्वीरहरू)

सुर्खेत । अनौपचारिक भ्रमणका लागि सुर्खेत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रविहारको भ्रमण गरेकी छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मा रहेको कर्णालीको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारको भ्रमण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दोस्रो लुम्बिनीको उपमा पाएको कर्णालीको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारको भ्रमण गरेकी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर नेवारेमा सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुगेकी हुन् । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो १ः४५ बजेको समयमा सुर्खेत आएको जानकारी दिए ।

पाण्डेका अनुसार राष्ट्रपति भण्डारी सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्ने धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम छ । बडिमालिकाको दर्शन गरेर उनी बुधबार काठमाडौँ फर्किने बताइएको छ ।

तस्वीरहरू:








प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *