एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

काठमाडाैँ । डिजटल भुक्तानीलाई सबल बनाउने हेतुले एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने छ ।

यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ ।

भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकका हाल लाखौँ ग्राहक रहेका छन् ।

बैंकले आफ्नो ११६ शाखाहरु, ३१ राजस्व सङ्कलन काउन्टरहरु, १५० एटिएमहरु तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *