दोस्रो ‘ह्वावे सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु

काठमाडौँ । ह्वावेले काठमाडौँमा पत्रकार सम्मलेन गरेर नेपाली विद्यार्थीका लागि ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सुरु गरेको जानकारी दिएको छ । कम्पनीको ग्लोबल फ्ल्यागशिप सीएसआर अन्तर्गत नेपालमा दोस्रो कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रम नेपालका सबै आईसीटी सम्बन्धी विषयका स्नातक तहका विधार्थीहरुका लागि लागू बताएको छ ।

कार्यक्रम पहिलो पटक थाइल्याण्ड मा २००८ मा सुरु भएको थियो । त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका एक लाख २० हजारभन्दा बढी विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका छन् । यस वर्ष, प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंकका हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

यस वर्ष ह्वावेले नेपालमा युनेस्कोसँग पनि साझेदारी गरेको छ । संस्थाले आफ्नो ‘नेक्सट ५०’ अभियान अन्तर्गत विद्यार्थीहरूलाई संलग्न गराउनेछ । कार्यक्रमले विद्यार्थीहरूलाई नेपालको आईसीटी उद्योगमा पहिलो अन्तर्दृष्टिहरू प्राप्त गर्ने र बैंककको ९ दिनको यात्रा गर्ने अवसर प्रदान गर्नेछ । बैंकमा, विद्यार्थीहरूले क्लाउड कम्प्युटिङ र एआई लगायत प्रमुख प्रविधिहरूमा प्रवेश स्तरका पाठ्यक्रमहरू प्राप्त गर्नेछन् भने अत्याधुनिक आईसीटी विकासबारे जानकारी पाउनेछन् ।

अन्तर्राष्ट्रिय संस्थाहरूको भ्रमणमार्फत अन्तर्राष्ट्रिय परिप्रेक्ष्य विकास गर्ने विषयहरूको विस्तृत दायरामा दृष्टिकोण साझा गर्ने विशेषज्ञहरूबाट सुन्ने बताइएको छ ।

नेपालमा, विद्यार्थीहरूले ह्वावे नेपालको कार्यालयको भ्रमणमार्फत आईसीटी उद्योगमा सुरुवाती कदम चाल्ने मौका पाउने बताइएको छ । उद्योग विशेषज्ञहरूबाट कक्षाहरू र रमणीय स्थानमा ह्वावे निर्मित बेस स्टेशनको यात्रा कार्यक्रम पूरा भएपछि विद्यार्थीहरू आलुमनाइमा सामेल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *