नक्कली बिल बनाएर कारोबार गर्ने सुर्खेतका दुई जनाविरुद्ध मुद्दा दायर

सुर्खेत । सुर्खेतका दुई जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिने दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो ।

नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरूको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी १३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिका अनुसार सुर्खेतको गढी, लेखगाउँ, कुनाथरीमा नेपाल नागरिक समाज ९सिस नेपाल० संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिएका थिए ।

अदुवा खेती प्रवर्द्धन कार्यक्रमका लागि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपाल सुर्खेतले २०७३ चैत्र २७ मा गरेको सम्झौता गरी अनुदान रकम लिएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा जनही बिगो १३ लाख ३७ हजार २० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ। ऐनको दफा ३ (१) र दफा ३ (१) को देहाय (च) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी ऐ। ऐनको दफा १७ बमोजिम हानिनोक्सानी पु¥याएको बिगो असुल उपर हुन मागदाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *