अघोषित लोडसेडिङ गरिएको भन्दै धगनढीमा प्रदर्शन

धनगढी । कैलालीको धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोटसेडिङ गर्ने गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

विद्युत् कार्यालयले देखाइरहेको लापरबाहीको विरोध गर्दै प्रदर्शन गरिएको युवा संघले जनाएको छ । उनीहरूले धनगढी चौराहादेखि विद्युत कार्यालय धनगढी वितरण केन्द्रअगाडि, ‘दलाल प्राधिकरण मुर्दावाद’, ‘अन्धकारमा राख्न पाइँदैन’, ‘अघोषित लोटसेडिङ गर्न पाइँदैन’, ‘व्यापारीसँग साँठगाँठ गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनरत युवाहरूले अघोषित लोटसेडङ दोहोरिए कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । गर्मी अत्यधिक बढिरहेका बेला धनगढीमा पछिल्लो समय बिनाजानकारी विद्युत काटिने क्रम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *