स्कटल्याण्डमा एक जोडीलाई विवाहकै दिन पुत्रलाभः विवाह रद्द, २० लाख बराबरको क्षति

२०७९ जेठ १९ गते

काठमाडौँ । स्कटल्याण्डमा एक जोडीलाई विवाहकै दिन सन्तान प्राप्त भएको छ।
जुन २० मा डेलिभरीको मिति तोकिेको भएपनि उनीहरूलाई विवाहको दिन अर्थात् जुन २ मै सन्तान प्राप्त भएको हो। पाँच वर्षदेखि प्रेमसम्बन्धमा रहेका रेबेका म्याकमिलन र निक चिथमलाई यो अनौठो अवसर प्राप्त भएको हो। अचानक भएको सन्तान प्राप्तिका कारण वैवाहिक समारोह रद्द गरिएको छ। विवाह रद्द गर्दा २० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको भए पनि विवाहकै दिनमा पुत्रलाभ हुँदा आमा रेबेकाले खुसी व्यक्त गरेकी छन्। वैवाहिक समारोहका लागि करिब २०० जनाको सङ्ख्यामा उपस्थित पाहुनाहरू अप्रत्यासित घटनाका कारण फर्किएका छन्।
आमा रेबेकाले आफ्नो विवाहको दिन बच्चा जन्मिनु आफ्नो जीवनकै महत्त्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बताएकी छन्। उनले आफ्नो छोराको नाम इयान विलियम चीथम राखेकी छन्।

२०७९ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित