नेपाली भूमिमा भारतीयले वृक्षारोपण गर्न खोज्दा स्थानीयद्वारा अवरोध

धनगढी । भारतीय पक्षले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका- ३ जमुनाघाडीमा नेपाली जमिन अतिक्रमण गरेर वृक्षारोपण गर्ने प्रयास गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा रहेको दोधाराचाँदनी-३ जमुनाघाडीको नेपाली भूमि अतिक्रमण गरेर वृक्षारोपण गर्ने भारतीयको प्रयासलाई नेपाली पक्षले विफल पारेको छ । भारतीयले नेपाली भूमि अतिक्रमण गरेर वृक्षारोपण कार्य शुरु गरेसँगै स्थानीय जनप्रतिनिधीले विरोध गरेका हुन् । स्थानीय नेपालीले विरोध गरेपछि सशस्त्र प्रहरीले वृक्षारोपणका लागि गाडिएका पोलहरू उखेलिदिएको छ ।

दोधाराचाँदनीका मेयर किशोर लिम्बुले भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेर वृक्षारोपण गर्न खोजेपछि नेपाली पक्षले अवरोध गरेको बताउँदै भने, ‘अहिले भारतीय पक्षले एकलौटी रूपमा नेपाली भूमिमै वृक्षारोपण गर्न रोकिएको छ ।’ मेयर लिम्बुले अगाडि भने, ‘अतिक्रमित हुने क्षेत्रमा सशस्त्र प्रहरीलाई चौबिसै घण्टा उपस्थित हुन अनुरोध गरेका छौँ ।’

कञ्चनपुरको बेलौरी नगरपालिका १० भुडाका स्थानीय नेपाली किसान होरिलाल चौधरीको लालपुर्जावाला जमिन खनजोतबाट रोक लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *