नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा एमडीआरटी बिजेता अभिकर्ताहलाई सम्मान
मकालु खबर
२०७९ जेठ २२ गते
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी बिजेता अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
विर्तामोड झापाको होटेल किङ्सवरीमा २०७९ जेठ २१ गते सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए ।
भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई एमडीआरटी/सीओटी/टीओटी जस्ता उत्कृष्ट टाइटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।
अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटी (मिलियन डलर राउन्ड टेवल)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिबाट ४ जना सीओटीसहित १५७ जना अभिकर्ताहरु एमडीआरटीका लागि योग्य भएका थिए ।
मकालु खबर
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित