एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२२’ सम्पन्न
काठमाडौँ । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरको सहभागिताकाे याे कार्यक्रम सम्पन्न भएकाे कम्पनीले जनाएकाे छ ।
एसियन पेन्ट्सले हरेक वर्ष कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ ।
यस कार्यक्रमका सहभागीले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।
जेठ २० गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२२ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत भाषणबाट आरम्भ गरेका छन् ।
कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) जी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरेका थिए । यसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा एलिफेन्ट डिजाइनका सह–संस्थापक र निर्देशक अश्विनी देशपाण्डेले यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड) हरू घोषणा गरे ।
वी÷अस, होप युआर वेल, सोलो कमर्स, आर्टिफाई र ट्रान्ससेन्डेन्ट पिंक लाई कलर अफ द इयरको रुपमा प्रस्तुत गरिएको छ ।
त्यसपछि, एशियन पेन्ट्स नेपालले आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि पनि मुड बोर्ड प्रतियोगिता शुरु गरेको थियो जहाँ उनीहरूले घोषणा गरिएका चार ट्रेन्डमध्ये एउटाको व्याख्या र प्रयोग गरेर आफ्ना इन्टेरियर प्रतिभा प्रदर्शन गर्न सक्छन् । मुड बोर्ड प्रतियोगिताका उत्कृष्ट ५ विजेताहरुलाई एशियन पेन्ट्स नेपालले पुरस्कृत गर्नेछ ।
कलर नेक्स्ट २०२२ को सन्दर्भमा कन्सेप्शन इन्टेरियर प्रालिकी निर्देशक तेजिता वैद्य अमात्यले भनिन्, ‘कलर नेक्स्ट २०२२ एक राम्रो अनुसन्धान गरिएको प्लेटफर्म हो र कलर नेक्स्ट २०२२ मार्फत गरिएको रङको पूर्वानुमान (कलर फरकास्टिङ) समाजमा गहन अनुसन्धानको नतिजा हो ।
हाम्रो डिजाइनमा यी प्रवृतिहरू लागू गर्न एक सजिलो एप्लिकेसन छ– हामी प्रत्येक ट्रेन्डबाट सामग्री, बनावट (टेक्स्चर), रङ लिन सक्छौं र निश्चित इन्टेरियर स्थानको लागि उपयुक्त हुने गरी निश्चित ढंगले तिनको प्रयोग गर्न सक्छौँ । डिजाइनरको रूपमा, यी ट्रेन्डहरूले हामीलाई हाम्रो सिर्जनात्मक झुकावलाई यथासक्दो उजागर गर्न मद्दत गरेको मलाई लाग्दछ ।’