ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । कम्पनीले अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै आफ्ना अभिकर्ता तथा बीमितलाइै मद्दत पुर्याउने उद्धेश्यले ‘गो डिजिटल क्याम्पेन’ अभियान सुरु गरेको जनाएको छ ।
उक्त क्याम्पेन अन्तर्गत पहिलो कार्यक्रम बाग्मती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाभित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताको उपस्थितमा केन्द्रीय कार्यलयको तालिम हलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाइफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, वैदेशिक रोजगार बीमालेख लिने तरिका, ज्योतिबोटको माध्यमबाट आफूलाई आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरुको बारेमा जानकारीमूलक प्रस्तुति दिँदै प्रविधिको उपयोगबाट लिन सकिने फाइदाहरुको बारेमा जानकारी दिएका थिए ।
सहभागीहरुसँग दैनिक जिवनमा आइपर्ने कार्यमा डिजिटल च्यानलको उपयोग सम्बन्धमा अन्तरक्रियासमेत गरिएको थियो । सोही कार्यक्रममार्फत अभिकर्ताहरुलाई उपयोगी हुने भिडियोसमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतलगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।
यस्ता किसिमका कार्यक्रमहरु क्रमशः प्रादेशिक स्तरमा विस्तार गर्दै प्रविधिको उपयोगमा सबैलाई सहभागी गराउन प्रयास गर्ने कम्पनीको योजना रहेको कम्पनीले जनाएकाे छ ।