कर्णाली सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउँदै
मकालु खबर
२०७९ जेठ २३ गते
सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम भोलि ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने भएको हो ।
आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने वर्षका रूपमा लिने बताइएको छ ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले यो पहिलो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम र बजेट रहेको बताए । उनका अनुसार विगतका थुप्रै अधुरा योजनाहरूलाई मूर्तरूप दिँदै नयाँ योजना थप्ने र पुराना योजनामा बजेट थपेर ल्याउने तयारी थालिएको छ ।
यस्तै, यस वर्ष ल्याइने बजेट विगत भन्दा केही घटेर आउने आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित