मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्गका आफ्ना ग्राहकले सेवामा १० प्रतिशत छुट दिने गरी कम्पनीसँग सम्झोता गरेको हो
पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टप स्टेसन सराङकोटमा स्विइङ, स्काई साइकिलिङ, टावर रेष्टुरेन्टलगायतका अन्य विभिन्न सेवा उपलब्ध छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीको उपस्थिति तथा अन्नपूर्ण केवलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यको उपस्थिति रहेको थियो ।
सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखरा अन्नपूर्ण केवलकारमा केवलकारको सुविधामा विशेष १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।