लक्ष्मी बैंकले ल्यायाे ‘हरियाे बचत’ याेजना, एक खाता खाेल्दा एक रूख राेपिने
काठमाडाैँ । लक्ष्मी बैंकले ५०औँ विश्व वातावरण दिवसको उपलक्ष्यमा आफ्नो बहुप्रतिक्षित पर्यावरणमैत्री निक्षेप याेजना ‘हरियाे बचत’ पुनः सार्वजनिक गरेकाे छ । नयाँ युगको डिजिटल अफरको रूपमा बैंकको ‘सीटीआरएल जिराे’ प्लेटफर्म, भिडियो-केवासी र डिजिटल बैंकिङ समाधानमार्फत अनलाइन खाता खोल्ने सेवाका लागि ग्रीन बचत खाता सञ्चालनमा ल्याएकाे जनाएकाे छ । याे खाता पूर्ण रूपमा अनलाइनबाट सञ्चालन हुने जनाएकाे छ ।
खातामा ग्राहकले ८.०३ प्रतिशतको उच्चतम ब्याज दिने र खाताधनीलाई हरियो बैंकिङ प्याकेज (मोबाइल मनी र आई बैंक एस्पी) निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।
हरित बचत निक्षेप याेजनाअन्तर्गत खोलिएको प्रत्येक खाताको लागि एक रूख राेप्ने प्रतिवद्धता बैंकले जनाएकाे छ । ‘गाे ग्रीन’ अभियानका लागि खातावालाले बैंकलाई प्रेरित गरेकाे भन्दै यसका लागि बैंकले एक खाता एक रूख राेप्ने अभियान सुरू गर्ने जनाएकाे छ ।
हरित बचत पोर्टफोलियोमा निक्षेपहरू ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा वित्तपोषण गर्न प्रयोग गरिनेछ।
दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण जस्ता पहल लक्ष्मी बैंकको ‘ओरेन्ज लभ्स ग्रीन’ को लामो समयदेखिको प्रतिबद्धताको निरन्तरतामा हो ।
यस खाता याेजनामार्फत बैंकले ग्राहकलाई हरित बैंकिङलाई अँगाल्न प्रोत्साहन दिन र थप डिजिटल अवलम्बनलाई प्रोत्साहित गर्न, आफ्नो मोबाइल बैंकिङ एप ‘मोबाइल मनी’मा विभिन्न अफरहरू पनि ल्याएको छ । यस अन्तगर्गत प्रयोगकर्ताले क्युआर लेनदेनमा दोब्बर फाेनपे रिवार्ड पोइन्टहरू सहित एनपीआर ५० सम्म तत्काल १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
मोबाइल मनी प्रयोगकर्ताहरूलाई हरित बैंकिङ प्याकेजमा वार्षिक नवीकरण शुल्कमा माफीको लागि सञ्चित रिवार्ड पोइन्टहरू रिडिम गर्न विकल्प उपलब्ध गराइएको छ । जसमा मोबाइल मनी, आई बैंक एक्सपी, डेबिट कार्ड, र फाेनपे अफर एपमा ५०० बिन्दुको इमेल समाधान समावेश छ।