प्रदेशको बजेट ३७ अर्ब भन्दा ठूलाे बनाउँदैनाैँ : उपाध्यक्ष क्षेत्री
मकालु खबर
२०७९ जेठ २३ गते
बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन् ।
३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने उनले बताए ।
सोमबार बुटबलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए ।
उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाई सहुलियत ऋणको व्यवस्था गरिने जानकारी दिए ।
लोकप्रीयता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउँदै उनले ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको समृद्धी हुनेगरी खर्च हुने खालको बजेट ल्याउनुपर्ने तर्क गरे ।
मकालु खबर
२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित