प्रधानन्यायाधीश राणाविरुद्धकाे महाभियाेग अघि बढाउन एमालेकाे माग

२०७९ जेठ २४ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेकाे छ ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेका हुन् ।
एमाले प्रमखु सचेतक विशाल भट्टराईले कार्यव्यवस्थामा एमालेका सांसदहरू खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव अघि बढाउन माग राखेकाे बताए ।
‘महाभियोग प्रस्तावबारे छलफल चल्दा हाम्रो पार्टीका माननीयहरूले प्रस्ताव अघि बढ्नुपर्यो, गिजोलेर राख्नुभएन भनेर धारणा राख्नुभएको हो’, उनले भने, ‘महाभियोग गिजोल्न मात्रै ल्याएको हो कि टुङ्गो लगाउन ल्याइएको हो भन्ने प्रश्न गर्नुभयो ।’

२०७९ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित