कैलालीका निलम्बित गाउँपालिका अध्यक्षलाई  मतदानमा सहभागी नगराउन माग 

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ ।

जिल्ला समन्वय समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागी नगराउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिएका हुन् ।

उनले उपाध्याय विशेष अदालतको फरार सूचीमा रहेकाले उनलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन गरे ।

नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्रसमेत काटिसकेको छ । उनको नाम मतदाताको नामावलीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको छ ।

कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन सोमबार ९भोलि० हुँदैछ । समन्वय समितिका लागि सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबिच तालमेल छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले तालमेल गरेका छन् ।

जिल्लामा निलम्बित अध्यक्ष उपाध्यायसहित गठबन्धनमा १३ मत र एमाले नागरिक उन्मुक्ति पार्टीको १२ मत रहेको छ । एक स्वतन्त्र मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *