कटारीको तिल्कीचौरीका १७ घर पहिरोको जोखिममा
२०७९ जेठ २९ गते
विराटनगर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का १७ घर परिवार पहिरोको जोखिममा छन् । तीन वर्षदेखि पहिरोको जोखिममा रहेका ती परिवारको अझै स्थानान्तरण हुन नसकेको हो । प्रदेश १ सभाको शून्य समयमा बोल्दै उदयपुरकी सांसद प्रदेश सभा सदस्य कला घलेले गाउँ नै भासिएको अवस्थामा पनि अझै वस्ती स्थानान्तरण हुन नसकेको उनले बताइन् । ‘२०७७ असोजमा कटारी १० तिल्कीचौरी भासिएको थियो,’ उनले भनिन्, ‘भासिएको गाउँका १७ घरधुरी जोखिममा छन् ।’
वस्ती नै जोखिममा परेर भासिएपछि कटारी नगरपालिकाको पहलमा भूगोलविद् बोलाएर स्थलगत निरिक्षण गरिएको थियो । भूगोलविद्ले जमिन भासिएपछि जोखिममा परेका १७ घरधुरीलाई २ महिनाभित्र वस्ती स्थानान्तरण गर्न भनिएपनि अहिलेसम्म नभएको उनले तत्काल बस्तीलाई सुरक्षित स्थानमा सार्न सांसद घलेले सरकारको ध्यानाकर्षण गराइन् ।
२०७९ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित