कोकले सुरु गर्यो, ‘अपलिफ्ट’ क्याम्पेनको दोस्रो संस्करण

काठमाडौँ । नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ ।

कम्पनीका अनुसार यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । यसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ । यो क्याम्पेनको उद्देश्य उपभोक्तालाई दिँउसोको अल्छी लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेसिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो ।

कोका–कोला नेपालले नयाँ टीभीसी सार्वजनिक गरेको छ । यसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ । टीभीसीमा अदिति दिउँसोको पट्यारलाग्दो समयमा आफ्नो साथीलाई स्कुलको हल–वेमा पर्खिरहेको देख्न सकिन्छ । त्यसै क्रममा उनको साथी दुईवटा कोक लिएर अदितितर्फ गईरहेको देख्न सकिन्छ । अदिति चिसो कोका–कोला पिउँछिन् अनि कोका–कोलाको रिफ्रेसिङ्ग स्वादले तुरुन्तै अपलिफ्ट हुन्छिन् । रीफ्रेस्ड भएकी अदिति र उनको साथी दुवैजना खुशी हुँदै आफ्नो बाटो लाग्छन् ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामीले यो क्याम्पेन मार्फत हाम्रा उपभोक्ताहरूलाई वहाँहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले उहाँहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौं ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *