डिशहाेम फाइबरनेटकाे सेवा गाइघाटमा विस्तार

काठमाडाैँ । डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज, धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, वीराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव, आमडाँगी, लामाचौर, पावर हाउस, हरिवनसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिट्टै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, संगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो-गाइघाट, सोनापुर र बसपार्क क्षेत्रमा डिशहोमको फाइवरनेट उपलब्ध छ ।

अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र ८ हुन् ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।

डिशहोम फाइवरनेटले आफ्नो ग्राहकका लागि अहिले मात्र ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएस र रु. ८९९ प्रतिमहिना पर्ने १०० एमबीपीएसको इन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।
यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *