सर्पको टोकाइबाट अछाममा एक गर्भवतीको मृत्यु

धनगढी । अछाममा सर्पले टोकेर एक गर्भवतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीकी ३२ वर्षीय रामपुरा शाहीको मङ्गलवार सर्पको टोकाइबाट मृत्यु भएको हो ।

सोमबार राति सुतेको अवस्थामा सर्प घरभित्र पसेर करिब १० बजेतिर डसेपछि बिहान अस्पताल ल्याउन तयारी गरिरहेकै बेलामा उनको मृत्यु भएको हो । सर्पले डसेपछि सन्चो बनाउने भन्दै परिवारले गाउँमै झारफुक गराएको बताइएको छ ।

झारफुकमा सन्चो नभएपछि मङ्गलवार बिहान अस्पताल लैजान तयार गर्दागर्दै ज्यान गएको स्थानीयको भनाई छ । ६ महिनाको गर्भवती रहेकी रामपुराका एक छोरा, एक छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *