सेञ्चुरी बैंकका ग्राहकले ठमेलको अलफ्ट होटेलमा छुट पाउने

काठमाडौँ । सेञ्चुरी बैंकका ग्राहकले ठमेलको अलफ्ट होटेलमा छुट पाउने भएका छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाडौँ ठमेलबीच विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्ग तथा बैकका कर्मचारीले अलफ्ट काठमाडौँको ठमेलको नुक, डब्लुएक्सवाइजेड र रिफ्युल रेष्टुरेन्टको सेवामा १० प्रतिशत छुट पाउने छन् ।

सम्झौतापत्रमा बैंकको प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाडौँका बजार प्रमुख पवन राजभण्डारीले हस्ताक्षर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *