एनएमबि बैंकद्वारा सर्लाहीका तरकारी किसानलाई तालिम

काठमाडौँ । एनएमबि बैंकले सर्लाहीको लालबन्दीका तरकारी उत्पादक किसानलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ ।

बैंकले तरकारी उत्पादक समूहका करिव १५० जना किसानलाई उक्त तालिम दिएको हो ।

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो । साथै किसानसँग अन्तरक्रियासमेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रवन्धक शरद पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए ।सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र हो ।

यस क्षेत्रका करिव १,५०० किसानहरु प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन् । यस क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाडौँ, पोखरा, विराटनगर, नारायणगढलगायतका विभिन्न शहरमा पठाइने गरिन्छ ।

यस कार्यक्रमले यहाँका किसानमा वित्तीय ज्ञान प्राप्त भएर आत्मनिर्भर बन्न सघाउ पुग्ने र समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *