बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
मकालु खबर
२०७९ असार १ गते
काठमाडौँ । माछा मार्ने क्रममा करेन्ट लागेरबागलुङको बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ ।
स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् ।
वडाध्यक्ष शेरचनका अनुसार यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।
मकालु खबर
२०७९ असार १ गते
प्रतिक्रिया
सम्बन्धित