गुल्मी समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी
मकालु खबर
२०७९ असार १ गते
काठमाडौँ । जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ ।
बुधबार सम्पन्न निर्वाचनमा कूल २४ मत खसेकोमा प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामीसहित आठ सदस्यलाई समान १५-१५ मत प्राप्त भएको छ । नेकपा एमालेबाट समन्वय प्रमुखमा उम्मेदवारी दिएका युवराज न्यौपाने, उप–प्रमुखमा उम्मेदवारी दिएकी रमादेवी पुनसहित आठ सदस्यलाई समान नौ-नौ मत प्राप्त भएको छ । गठबन्धनको तर्फबाट सदस्य पदका उम्मेदवार महेश्वर भण्डारीको १४ र एमालेको तर्फबाट सदस्यका उम्मेदवार कृष्ण भण्डारीको १० मत आएको छ ।
शेर बहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र निरमाया राना सदस्यमा विजयी भएको सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिए ।
मकालु खबर
२०७९ असार १ गते
प्रतिक्रिया
सम्बन्धित