नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

काठमाडौँ । नबिल बैंकले महिला तथा युवा क्युआर मर्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (युएनसीडीएफ) को सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको बैंकले जनाएकाे छ ।

बैंकका अनुसार विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवाको प्रवर्द्धन गर्ने उदेश्यका साथ यो योजना सुरु गरिएको बैंकले जनाएको छ । युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्यमी हुन् । जसले आफ्नो स्वामित्वमा व्यवसाय वा प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन् । यसअघि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रतिकारोबार २ सय रुपैयाँ नगद फिर्ता दिइनेछ । यो योजना असार महिनाभर लागु हुने बैंकले जनाएको छ ।

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्यमी लक्षित याे योजनामार्फत त्यस्ता उद्यमीलाई बैकिङ च्यानलमा भित्राउने, पुराना निष्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *