कुमारी बैंकका ग्राहकले ड्रिम इन्टरनेशनल होटेलमा छुट पाउने
मकालु खबर
२०७९ असार १ गते
काठमाडौँ । कुमारी बैंकका ग्राहकले बुटवलस्थित ड्रिम इन्टरनेशनल होटेलको सेवामा छुट पाउने भएका छन् ।
बैंक र उक्त होटेलबीच उक्त छुटसम्बन्धी समझदारी भएको बैंकले जनाएको छ । समझदारी पत्रमा बैंकका कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य र ड्रिमल्याण्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकले उक्त होटेल बसाइमा रुम शुल्कमा १५ प्रतिशत, खानपानमा १० प्रतिशत र बेभरेज १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
मकालु खबर
२०७९ असार १ गते
प्रतिक्रिया
सम्बन्धित