एसपीपीमा सहभागी हुन ओली सरकारकै पालामा सेनाले पठाएको थियो पत्र

काठमाडौँ । चर्चामा रहेकाे स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि नेपाली सेनाले पत्र पठाएकाे खुलासा भएकाे छ ।

नेपाली सेनाले सन् २०१५ को अक्टोबर २७ मा अमेरिकी राजदूत अलाइला बी तेप्लिजलाई पठाइकाे पत्रअनुसार सेनाले नेपाललाई एसपीपीमा सहभागी गराउन पत्र पठाएकाे खुलेकाे हाे ।

पत्र पठाएकाे समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

यसअघि अमेरिकी दूतावासले नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको बताएकाे थियाे । त्यस्तै, दूतावासले २०१९ मा अमेरिकाले नेपालकाे अनुराेध स्वीकारेकाे समेत उल्लेख गरेकाे थियाे ।

त्यस्तै, बिहीवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल केपी शर्मा ओलीकै सरकारका पालामा एसपीपी सम्झाैता अघि बढेकाे बताएका थिए ।

पत्रः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *