परराष्ट्र मन्त्रीलाई सांसद रानाको सुझावः नेपालको असंलग्न परराष्ट्र नीति पढ्नुभएको छैन भने पढ्नुस् !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद नारदमुनी रानाले परराष्ट्रमन्त्री नारायण खड्कालाई नेपालको असंलग्न परराष्ट्र नीति पढ्न सुझाव दिएका छन् ।

सांसद रानाले भने, ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे ! के साँच्चै हामीले असंलग्न परराष्ट्र नीति पढेको छैन ? परराष्ट्रमन्त्रीज्यू पढ्नुभएको छैन भने पढ्नुस् । राजनीतिक दलको घोषणापत्र जस्तो नपढे पनि हुन्छ भन्न हुन्न ।’

सांसद रानाले प्रश्न गर्दै भने, ‘छानबिन समिति बनाएर जाऊँ, राष्ट्रघात केलाऊँ, असंलग्न परराष्ट्र नीतिले अमेरिकी सैन्य गठबन्धनमा जान दिन्छ ? त्यो पत्र कसरी गयो ? नेपालको अटल असंलग्न परराष्ट्र नीति फेरिनुहुन्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *