हुम्ला जिससमा प्रमुख समाजवादी र उप–प्रमुख माओवादीलाई दिने निर्णय

सुर्खेत । हुम्लामा जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने सहमति गरेका छन् । शुक्रवार प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेको प्रदेशस्तरीय संयन्त्रले गठबन्धन गरेर जाने निर्णय गरेको हो ।

बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा एकीकृत समाजवादी तथा उपप्रमुखमा माओवादी केन्द्रलाई दिने निर्णय भएको छ ।

नेकपा (माओवादी केन्द्र)की प्रदेश अध्यक्ष विमला केसीले माओवादी केन्द्रको भागमा उपप्रमुखसहित एक खुल्ला सदस्य, एक दलित सदस्य, दुई महिला सदस्य तथा काँग्रेसको भागमा दुई खुला सदस्य र दुई महिला सदस्य परेको जानकारी दिइन् ।

बैठकमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पनि सहभागी बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *