एसपिपी सम्झौता राष्ट्रघाती सम्झौता हो : टोपबहादुर रायमाझी (भिडिओ)

काठमाडौँ । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले एसपिपी सम्झौता राष्ट्रघाती सम्झौता रहेको बताएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका हुन् ।

शनिबार नेता रायमाझीले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको बताए । नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर समेत गरे ।

अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए ।

रायमाझीले दलहरुले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *