प्रदेश सरकार खारेज गरी हिन्दूराष्ट्र कायम गरौँ: कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरूबीच आपसी सहमति बनाई प्रदेश सरकारको व्यवस्था खारेज गरी नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताएका छन् उपयुक्त हुने बताएका छन्।
आज शनिबार पार्टीका जनवर्गीय संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सर्वधर्म समभावसहितको सनातन हिन्दुराष्ट्र मुलुकको पहिचान भएकाले यसको महत्व र आवश्यकतामाथि ध्यान दिन जरुरी रहेको औंल्याएका छन् ।
थापाले राप्रपा नेपालले उठाएको धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्रको एजेण्डाले सबैको हित गर्ने धारणा राखेका छन् । उनले प्रदेश सरकारको व्यवस्था खारेज नभएसम्म नेपालको राजनीति र अर्थतन्त्र स्थीर नहुने बताएका हुन् । साथै उनले हिन्दु धर्म नेपालको पहिचान भएको दाबी गर्दै सबै दलको सहमतिमा देशलाई हिन्दु राष्ट्र कायम गर्नसमेत पहल गरेका छन् ।
राप्रपा नेपालबारे धेरै भ्रमहरू छरिएका र प्रायोजित रूपमा बदनाम गराउने प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्ने अभियान शुरू गर्न जनवर्गीय संगठनलाई निर्देशन दिए ।