देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको छः रामचन्द्र पौडेल
मकालु खबर
२०७९ असार ६ गते
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
वरिष्ठ नेता पेडेलले देश असफल बनाउन चाहनेको विरुद्ध आफू देशलाई सफल बनाउने अभियानमा लागिपरेको बताएका छन् । तनहुँका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै नेता पौडेलले देशलाई सफल र समृद्ध बनाउने आफ्नो एकमात्र लक्ष्य रहेको उल्लेख गरेका हुन् ।
देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, “देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।”
मकालु खबर
२०७९ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित