अर्थमन्त्रीद्वारा गभर्नरमाथि घुमाउरो आरोप- मौद्रिक नीतिले सेयर बजारमा समस्या
मकालु खबर
२०७९ असार ६ गते
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक ल्याएको ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या देखिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
मन्त्री शर्माले गभर्नरको नाम उच्चारण नै नगरी यस्तो आरोप लगाएका हुन् । उनले घुमाउरो तरिकाले गभर्नर महाप्रसाद अधिकारीले ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या आएको आशयसहितको आरोप लगाएको हन् ।
सेयर बजारको समस्या समाधान गर्न राष्ट्र बैंक, धितोपत्र बोर्ड सरोकारवाला निकायको समिति बनाइएको जानकारी दिए ।
मन्त्री शर्माको प्रस्तावमा गभर्नर अधिकारीलाई सरकारले निलम्बन गरेको थियो । सर्वोच्च अदालतले उक्त निलम्बन फुकुवा गरी गभर्नर शर्मालाई काममा फर्किन दिएको थियो ।
मकालु खबर
२०७९ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित