‘होन्डा मनसुन एक्सचेन्ज’ उपहार योजना

काठमाडौँ । होन्डा टू ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

योजना अन्तर्गत प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रु. ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिने छ । त्यस्तै, फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नु हुनेछ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *