एमाले अध्यक्ष ओली र दुबईका अधिराजकुमारबिच भेट

२०७९ असार ७ गते

काठमाडौँ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग दुबईका राजपरिवारका सदस्य शेख मोहम्मद विन मुक्तोम बिन जुमा अल माक्तोमले भेट गरेका छन् ।
भक्तपुरको बालकोटस्थित निवासमा मंगलबार ओलीसँग माक्तोमले भेट गरेका हुन् ।
माक्तोम नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाइँको निम्तोमा नेपाल आएका थिए ।

२०७९ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित