आइएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच नगदरहित सेवा सम्झौता
मकालु खबर
२०७९ असार ९ गते
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युट प्रालिबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पतालका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म नगदरहित उपचार सुविधा प्राप्त गर्न सकिने जनाएको छ ।
मकालु खबर
२०७९ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित