बागमती प्रदेश : बाहिरियाे आधा-आधा अवधि मुख्यमन्त्री बन्ने सहमति, कार्यान्वयन भने भएन

काठमाडाैँ । बागमती प्रदेश सरकारकाे नेतृत्व गर्नेबारे तीन दल; नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएकाे लिखित सहमतिपत्र बाहिरिएकाे छ । २०७८ असाेज ७ गते भएकाे सहमतिअनुसार एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे आधा समयपछि हट्न राजी भएका छन् ।

पाण्डे असाेज ११ गते मुख्यमन्त्री बनेका थिए । उनी मुख्यमन्त्री बनेकाे ८ महिना पूरा भइसकेकाे छ । सरकारले मंसिरमा प्रादेशिक तथा सङ्घीय निर्वाचनकाे तयारी गरेकाे छ । यसाे हुँदा अब बाँकी पुगअपुग ५ महिनामात्रै बाँकी छ । यसरी हेर्ने हाे भने पाण्डेले चैतपछि पद छाेड्नुपर्थ्याे । तर, मुख्यमन्त्रीमा उनै पाण्डे छन् ।

सहमतिपत्रमा मुख्यमन्त्री पाण्डेका साथ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका संसदीय दलका नेता शालीकराम जमरकट्टेलकाे हस्ताक्षर छ । बानियाँले पूर्वसहमतिअनुसार पाण्डेमाथि दबाब दिँदै आएका छन् । तर, केन्द्रीय तहमा सरकार फेर्नेबारे छलफल नभएपछि याे विषय थाँती नै रहेकाे छ ।

यस्ताे छ सहमतिपत्र:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *