विवादित राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा
मकालु खबर
२०७९ असार १५ गते
काठमाडाैँ । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमतीमाथि अभद्र व्यवहार गरेकाे आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।
उनले बुधवार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकाे माओवादीनिकट स्राेतले जनाएकाे छ ।
मन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको छ तर छानबिन समितिको प्रतिवेदन आउनुअगाडि नै उनले राजीनामा दिएकी हुन् ।
मकालु खबर
२०७९ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित