मूल्यवृद्धि नियन्त्रण गरी राहतका कार्यक्रम ल्याउन एमाले उद्योग विभागको आग्रह
मकालु खबर
२०७९ असार १६ गते
काठमाडौँ । नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले मूल्यवृद्धि नियन्त्रणमा ल्याएर देशका उद्योगी व्यवसायी तथा उपभोक्ताका लागि राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ ।
एमाले उद्योग विभागको बिहीबार पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो । हाल गठबन्धन सरकारले देशमा महँगी बढाउन प्रोत्साहन गरिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न माग गरेको हो ।
विभागले भनेको छ, ‘तत्काल मूल्यवृद्धि काम हुने, उद्योगी व्यवसायीलाई राहत हुने र उपभोक्तालाई सहुलियत हुने कार्यक्रमहरु ल्याउन सरकारसँग जोडदार माग गर्दछौँ ।’
देशमा हाल देखिएको आर्थिक संकट समाधान गर्नसमेत विभागले माग गरेको छ । साथै विभागले देशका उद्योगी व्यवसायीलाई परेको समस्या समाधानका लागि लागि पर्ने प्रतिवद्धता समेत जनाएको छ ।
यस्ता छन् विभागका माग
मकालु खबर
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित