आगो लगाई श्रीमतीको हत्या गर्ने श्रीमान नियन्त्रणमा
मकालु खबर
२०७९ असार १८ गते
काठमाडौँ । मोरङको रंगेली- १ स्थित बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ गरेको छ ।
हिजो शुक्रबार राति अन्दाजी १० बजे मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकले घरायसी विवादका कारण आफ्नै ३१ वर्षीया श्रीमती बबिता मल्लिकलाई आगो लगाई हत्या गरेको प्रहरीले जनाएको छ । बबिता मल्लिकलाई मट्टीतेल छर्की आगो लगाई फरार रहेकोमा थप अनुसन्धान पश्चात निजको श्रीमान तिलका मल्लिकलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
उक्त आगलागीका कारण घरभित्र रहेका लत्ता कपडा, भाडावर्तन र अन्नपात गरी अन्दाजी दुई लाख बराबरको क्षति भएको छ । घाइते बबिता मल्लिकको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
मकालु खबर
२०७९ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित