सिभिल बैंकको ९९ औँ एटीएम पोखराको लेकसाइडमा

काठमाडौँ । सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमकोे उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरे ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य अम्बीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति थियो ।

हालसम्म ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करीब ८८ अर्ब कर्जा लगानी गरिसकेकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *