डरलको भाउ आइतबार पनि नयाँ उचाईमा, १ डलरको मूल्य कति ?

काठमाडौँ । डलरको भाउ निरन्तर उकालो लाग्ने क्रममा आइतबार पनि नयाँ उचाईमा पुगेको छ । यस दिन १ डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ । यसअघि शुक्रबार डलरको भाउ १२६ रुपैयाँ ६६ पैसा पुगेको थियो ।

हाल विश्वव्यापी रुपमै डलरको भाउ निरन्तर उकालो लाग्दै आएको छ । अन्तर्राष्ट्रिय व्यापारमा डलरको ज्यादा प्रयोग हुनु, रुस–युक्रेन युद्धका कारण रुसी मुद्रा रुवल समेत डलरको तुलनामा कम प्रयोग हुनु र मूल्य घट्नु लगायत कारण डलरको मूल्य बढेको छ ।

नेपालको सन्दर्भमा भने भारतीय मुद्राको तुलनामा डलरको मूल्य बढेकोले नेपाली मुद्राको तुलनामा समेत डलरको मूल्य बढेको हो ।

खासगरी नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमय रहेको छ । यसले गर्दा डलरको तुलनामा भारती मुद्रा सस्ता हुँदा नेपालको मुद्रा समेत सस्तिने र महँगो हुँदा बढ्ने गर्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *